Section 15
मुद्दा हेर्ने अधिकारी
(१) दफा ७ बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारवाहीर किनारा जिल्ला अदालतबाट हुनेछ ।
(२) उपदफा (१) मा लेखिए बाहेकका अन्य दफा बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।
(३) उपदफा (१) वा (२) बमोजिम जिल्ला अदालत वा प्रमुख जिल्ला अधिकारीले यस ऐन अन्तर्गत मुद्दाको कारबाही र किनारा गर्दा विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम भएको निर्णय उपर पैंतिस दिनभित्र पुनरावेदन दिन सकिनेछ र प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।